• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

काभ्रेमा छुट्टै पहिचान बनाएको आदर्श विद्या मन्दिर ‘एबीएम’ स्कुल (भिडियाेसहित)

काभ्रेमा छुट्टै पहिचान बनाएको आदर्श विद्या मन्दिर ‘एबीएम’ स्कुल (भिडियाेसहित)

ज्ञानमणि नेपाल कालाेटाेपी

पनौती, काभ्रे । आदर्श विद्या मन्दिर (एबीएम स्कुल) बनेपाले काभ्रे जिल्लामै पहिलो पटक आईएसओ प्रमाणपत्र पाउने विद्यालयको रुपमा आफूलाई चिनाएको छ । कानुन संकायको समेत पढाइ हुने कलेज एबीएमले अहिले यसमा आठौं वर्षका लागि विद्यार्थी भर्ना लिइरहेको छ ।

बनेपा नगरपालिका वडा नम्बर ११ मा अवस्थित यो विद्यालयले जिल्लामा निजीतर्फका धेरै विद्यालयको तुलनामा आफूलाई अब्बल र सक्षम बनाउँदै लगेको छ । विसं २०६१ सालमा स्थापना भएको आदर्श विद्या मन्दिरले ०६८ सालदेखि एसएलसीमा सहभागिता जनाएको हो ।

त्यसयता एसएलसी र एसईईमा उत्कृष्ट नतिजा ल्याउन विद्यालय सफल भएको छ । विगत ९ वर्षयता यहाँ कक्षा ११ र १२ मा पढाई शुरु भएको संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

आफ्ना नानीबाबुहरुलाई असल नागरिक बनाउने एउटा भरपर्दो गन्तव्य हुन सक्ने यस विद्यालयमा आएर भर्ना गराउन उहाँले सम्पूर्ण अभिभावकहरुलाई अनुरोध गर्नुभएको छ ।

२०८२ को एसईईमा यहाँबाट २५ जना विद्यार्थी सहभागी भएकोमा सबैलाई उत्कृष्ट नतिजासहित उत्तीर्ण गराउन विद्यालय सफल भएको छ । एबीएम बनेपाको मात्र नभएर काभ्रे जिल्लाकै एक भरपर्दो शैक्षिक गन्तव्य भएकोमा कुनै शंका छैन ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ४, सोमबार १९:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP