• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

आजकाे माैसमः धेरैजसाे प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजकाे माैसमः धेरैजसाे प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।

जसले गर्दा हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । साथै बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ । तराईमा मौसम मुख्यतया सफा रहको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई भूभाग र बाँकी प्रदेशका हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका थोरै स्थानहरू, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भागका साथै बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भागमा तातो दिन हुने सम्भावना छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ ।

बाँकी तराईका भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ७, बिहीबार ०६:४४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP