• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

धुलिखेल अस्पतालमा हृदयाघातबारे बहशः डा. कोजु भन्नहुन्छ,’ जीवनशैली परिवर्तन र खानपानमा ध्यान दिउँ’

धुलिखेल अस्पतालमा हृदयाघातबारे बहशः डा. कोजु भन्नहुन्छ,’ जीवनशैली परिवर्तन र खानपानमा ध्यान दिउँ’

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाका सक्रिय पत्रकारहरूसँग हृदयाघातसम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार धुलिखेल अस्पतालमा सम्पन्न भएको छ ।

धुलिखेल अस्पतालद्वारा आयोजित कार्यक्रममा जिल्लाका करिब २० जना पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. राजेन्द्र कोजुले हृदयाघातको अवस्था, यसको कारण, प्रभावित हुने उमेर समूह, जोखिमका कारक तथा रोकथामका उपायबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

डा. कोजुले पछिल्ला वर्षहरूमा हृदयाघातका बिरामीहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी तथा बदलिँदो जीवनशैली प्रमुख कारणका रूपमा रहेको बताउनुभयो । उहाँले हृदयाघातबाट जोगिन स्वस्थ जीवनशैली अपनाउन, नियमित व्यायाम गर्न तथा समय–समयमा स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी पत्रकारहरूले हृदयाघातसँग सम्बन्धित विभिन्न जिज्ञासा, सुझाव तथा अनुभवहरू प्रस्तुत गरेका थिए। उठाइएका प्रश्नहरूको जवाफ दिँदै डा. कोजुले हृदयाघातलाई सामान्य समस्या ठानेर बेवास्ता नगर्न र प्रारम्भिक लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम प्रभावकारी र जानकारीमूलक रहेको बताउँदै नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने ले यस्ता कार्यक्रमले सञ्चारकर्मीमार्फत जनस्वास्थ्य सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन धुलिखेल अस्पतालका डा. सुमनराज ताम्राकारले गर्नुभएको थियो।

 



कालोटोपी कालोटोपी    
  • २०८३ असार २, मंगलवार १८:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP