• २०८३ भाद्र ५ | Fri, 21 Aug 2026

हेलम्बु गाउँपालिकामा १५ शैया क्षमताको अस्पताल निर्माण

हेलम्बु गाउँपालिकामा १५ शैया क्षमताको अस्पताल निर्माण

सिन्धुपाल्चाेक । हेलम्बु गाउँपालिकामा १५ शैया क्षमताको अस्पताल निर्माण सम्पन्न भएको छ। दुर्गम भौगोलिक अवस्थाका कारण सामान्य उपचारका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता झेल्दै आएका हेलम्बुवासीहरू अब आफ्नै क्षेत्रमा आधारभूत तथा आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्ने अवस्थामा पुगेका छन् । अस्पताल निर्माण सम्पन्न भएसँगै स्थानीयस्तरमै स्वास्थ्य सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ।

साे अस्पताल सञ्चालनमा आएपछि आकस्मिक सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा, सामान्य उपचार लगायतका आधारभूत स्वास्थ्य सुविधाहरू हेलम्बुवासीले आफ्नै गाउँपालिकाभित्रै प्राप्त गर्न सक्ने पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयाे ।

स्थानीय नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ जनप्रतिनिधिहरूले अस्पताल निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाएका थिए । अस्पताल सञ्चालनसँगै हेलम्बु क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार आउने विश्वास गरिएको छ। जिल्लाका १२ स्थानीय तहमध्ये हेलम्बु गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै परिवर्तन ल्याएको स्थानीय बताउँछन् ।

स्थानीयस्तरमा विकासका काम नभएको भन्ने आलोचनाबीच अस्पताल निर्माण सम्पन्न हुनुलाई हेलम्बु गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १, आईतवार १४:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP