• २०८३ भाद्र ५ | Fri, 21 Aug 2026

आर्थिक वर्षकाे शुरूमै काभ्रेमा २ जनामा डेंगु संक्रमण, पाँचखाल र मण्डनदेउपुरमा भेटिए संक्रमित

आर्थिक वर्षकाे शुरूमै काभ्रेमा २ जनामा डेंगु संक्रमण, पाँचखाल र मण्डनदेउपुरमा भेटिए संक्रमित

काभ्रे । साउन लागे यता काभ्रेपलाञ्चोक जिल्लामा डेंगु संक्रमितको संख्या २ पुगेको छ । जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको दैनिक अद्यावधिक विवरणअनुसार साउन १ देखि ७ गतेसम्म जिल्लामा २ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

तथ्याङ्कअनुसार संक्रमितमध्ये १ पुरुष र १ महिला रहेका छन् । हालसम्म मण्डनदेउपुर नगरपालिकामा १ पुरुष तथा पाँचखाल नगरपालिकामा १ महिला संक्रमित फेला परेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा पाँचखाल नगरपालिकामा १ जना महिलामा नयाँ संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, भुम्लु, रोशी, तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौँरीदेउरालीसहित अन्य स्थानीय तहमा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छैन । अघिल्लाे आर्थिक वर्षमा जिल्लामा ५९ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।

स्वास्थ्य कार्यालयले लामखुट्टेको टोकाइबाट बच्न, घर–आँगन वरिपरि पानी जम्न नदिन, लामो बाहुला भएका कपडा लगाउन तथा ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ । स्रोत : जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोक



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ७, बिहीबार १६:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP