• २०८३ भाद्र १३ | Sat, 29 Aug 2026

मण्डनदेउपुर–११ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर

मण्डनदेउपुर–११ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर–११ मा रहेकाे श्री पञ्चकन्या आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य शिविर आज सफलतापूर्वक सम्पन्न भएको छ । विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दालाई लक्षित गरी आयोजना गरिएको शिविरमा आँखा, नाक, कान, घाँटी तथा दाँतसम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिएको थियो ।

शिविर सञ्चालनका लागि वि.पी. नेत्र प्रतिष्ठान, लोकन्थली, भक्तपुर र बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर, काठमाडौंले सहकार्य गरेका थिए । शिविर आयोजना तथा व्यवस्थापनमा बानेश्वर बहुमुखी क्याम्पसमा बी.एड. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको समेत महत्वपूर्ण भूमिका रहेको विद्यालयले जनाएको छ ।

शिविरका अवसरमा क्याम्पसको तर्फबाट विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामग्रीसमेत प्रदान गरिएको थियो । साथै विद्यालयलाई मायाको चिनो प्रदान गरिएकोमा विद्यालय परिवारले क्याम्पस तथा सहयोगी विद्यार्थीहरूप्रति आभार व्यक्त गरेको छ ।

शिविरमा विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आवश्यक परामर्शसमेत दिएका थिए । स्वास्थ्य परीक्षण तथा परामर्शमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले देखाएको समर्पण र सेवाभावप्रति विद्यालय परिवारले प्रशंसा व्यक्त गरेको छ ।

कार्यक्रम सफल बनाउन विद्यालय व्यवस्थापन समिति, पीटीए, विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी तथा स्थानीय दाजुभाइ–दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । विद्यालय परिवारले स्वास्थ्य शिविर सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था, चिकित्सक, स्वास्थ्यकर्मी, विद्यार्थी तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ ।

‘स्वास्थ्य नै मानिसको अमूल्य सम्पत्ति हो’ भन्ने मूल भावनालाई आत्मसात गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक तथा कल्याणकारी कार्यक्रमलाई निरन्तरता दिने विद्यालयले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ७, आईतवार १६:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP