• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

४३ जिल्लाका ३ हजार ३९६ वडामा कांग्रेस अधिवेशन सम्पन्न

४३ जिल्लाका ३ हजार ३९६ वडामा कांग्रेस अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत वडा अधिवेशन प्रक्रिया देशभर उत्साहजनक रूपमा सुरु भएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनका लागि शनिबारदेखि वडा अधिवेशन सुरु भएको हो।

केन्द्रीय निर्वाचन समितिका अनुसार पहिलो दिन ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको छ।अधिवेशनबाट सम्बन्धित वडाका वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

अधिवेशन सम्पन्न भएका जिल्लामा ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलाली रहेका छन्।

केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा वडा अधिवेशन असोज ४ गते पनि निरन्तर हुने कांग्रेसले जनाएको छ ।

वडा अधिवेशनमार्फत वडा तहमा नयाँ नेतृत्व चयनसँगै क्षेत्रीय प्रतिनिधि छनोट हुने भएकाले यसलाई आगामी केन्द्रीय महाधिवेशनको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले विज्ञप्तिमार्फत पहिलो दिनको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा सम्पन्न भएको जानकारी दिएका छन्।



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन ३, शनिबार २०:०९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP