• २०८३ कार्तिक ११ | Tue, 27 Oct 2026

पाँचखालमा अदुवा बालीमा गानो कुहिने रोगको संक्रमण

पाँचखालमा अदुवा बालीमा गानो कुहिने रोगको संक्रमण

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल तथा आसपासका क्षेत्रमा लगाइएको अदुवा बालीमा गानो कुहिने रोगको संक्रमण देखिएको छ । रोगका कारण अदुवा बालीको उत्पादनमा असर पर्ने भन्दै कृषकलाई समयमै सावधानी अपनाउन कृषि प्राविधिकहरूले सुझाव दिएका छन् ।

कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका अनुसार अदुवा बालीमा देखिएको गानो कुहिने रोगले बालीको गानोमा असर गरी क्रमशः कुहिने समस्या निम्त्याउने गर्दछ । रोगको संक्रमण बढ्दै जाँदा उत्पादनमा उल्लेख्य कमी आउन सक्ने भएकाले प्रारम्भिक अवस्थामै व्यवस्थापन गर्नुपर्ने कार्यालयले जनाएको छ ।

रोग व्यवस्थापनका लागि के गर्ने ?
कृषकहरूले अदुवा रोप्नुअघि माटो उपचार तथा बीउ उपचार गर्नुपर्ने प्राविधिकहरूको सुझाव छ । त्यस्तै, रोग लागेको बारीबाट स्वस्थ बारीमा रोग फैलिन नदिन संक्रमित बारीबाट झारपात तथा अन्य सामग्री सार्दा विशेष सावधानी अपनाउनुपर्ने बताइएको छ ।

कृषि प्राविधिकको सिफारिसअनुसार आवश्यकताअनुसार जैविक तथा रासायनिक विषादीको प्रयोग गर्न सकिने जनाइएको छ । रोग लागेको बारीमा पानी जम्न नदिने, उचित निकासको व्यवस्था गर्ने तथा स्वस्थ बीउ प्रयोग गर्न पनि कृषकलाई आग्रह गरिएको छ ।

पाँचखाल क्षेत्रमा अदुवा महत्वपूर्ण नगदे तथा मसला बालीका रूपमा खेती हुँदै आएको अवस्थामा गानो कुहिने रोगको संक्रमण देखिएपछि यसको प्रभावकारी व्यवस्थापन आवश्यक देखिएको छ । कृषकले बालीमा असामान्य लक्षण देखिएमा नजिकको कृषि प्राविधिक वा कृषि विकास कार्यालयमा सम्पर्क गरी आवश्यक प्राविधिक परामर्श लिन सक्ने बताइएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन १७, शनिबार ०६:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP