• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

९३.८८ प्रतिशत मत प्राप्त गर्दै कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी

९३.८८ प्रतिशत मत प्राप्त गर्दै कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी हुनु भएकाे छ । १५औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी हुनु भएकाे हाे ।

सभापति पदका प्रत्यासी अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभयाे । कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको थियाे । कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत र खड्गीले ५.३५ प्रतिशत मत पाउँदा ०.७७ प्रतिशत मत बदर भएको छ ।

यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानमा सक्रिय थिए । तत्कालीन महामन्त्री थापासहितका नेताहरूको पहलमा भएको विशेष महाधिवेशनले उनलाई सभापतिमा चयन गरेको थियो ।

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वको विषयमा बहस भएको थियो । कांग्रेसकै देउवा समूहले पनि १५औँ महाधिवेशन गरिरहेका छन् । यद्यपी यसकाे आधिकारिकता भने अदालतले गर्ने फैसलाबाट स्पस्ट हुनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन २४, शनिबार ०९:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP