• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

जिल्ला जनस्वास्थ्य समन्वय समिति काभ्रेको बैठकः के के भए छलफल र निर्णयहरू ?

जिल्ला जनस्वास्थ्य समन्वय समिति काभ्रेको बैठकः के के भए छलफल र निर्णयहरू ?

काभ्रेपलाञ्चोक । जिल्ला जनस्वास्थ्य समन्वय समितिको बैठक असोज २६ गते सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख रागिश्री कक्षपती श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा जिल्लाको स्वास्थ्य क्षेत्रका कार्यक्रमको समीक्षा, आगामी कार्ययोजना तथा स्वास्थ्य सेवाको प्रभावकारितासम्बन्धी विभिन्न विषयमा छलफल भएको छ ।

बैठकमा अघिल्लो बैठकका निर्णयहरूको समीक्षा गर्दै आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमको समीक्षा क्रममा पहिचान भएका समस्या समाधानका लागि आगामी कार्ययोजना बनाउने विषयमा छलफल गरिएको थियो ।

त्यसैगरी, जनस्वास्थ्य कार्यालयको आयोजनामा सञ्चालन हुने विभिन्न विषयगत कार्यक्रमको वार्षिक समीक्षा तयारी तथा कार्ययोजना, समुदायमा आधारित रोग निगरानी प्रणाली (CB-SORMAS) अन्तर्गत विवरणको नियमित प्रविष्टि तथा सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो ।

बैठकमा स्थानीय तहहरूले चालु आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गर्ने स्वास्थ्यसम्बन्धी क्रियाकलाप तथा जनस्वास्थ्य कार्यालयका विषयगत फोकल व्यक्तिहरूले आगामी कार्यक्रमबारे जानकारी गराउने विषयलाई समेत प्राथमिकता दिइएको थियो। प्रदेश सरकारमार्फत स्थानीय तहमा विनियोजित स्वास्थ्यसम्बन्धी कार्यक्रमको कार्ययोजना निर्माणका विषयमा पनि छलफल गरिएको थियो ।

यसैगरी, मेथिनकोट अस्पताल, स्वास्थ्य बीमा बोर्ड, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र जिल्ला समन्वय समितिबाट सम्पादन गरिएका स्वास्थ्यसम्बन्धी क्रियाकलापको अवस्थाबारे समीक्षा तथा छलफल भएको थियो । स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन, विभिन्न निकायबीच समन्वय तथा सहकार्य अभिवृद्धि र आगामी कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा समेत विचारविमर्श गरिएको थियो। बैठकको कार्यसूचीमा शुभकामना आदानप्रदान तथा विविध विषयसमेत समावेश थिए ।



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन २७, मंगलवार ०७:४१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP