काठमाडौँ । नेपालीहरुको महान चाड बडादशैँ सुरु भइसकेको छ भने बजारमा दशैँको चहलपहल सुरु भएसँगै स्कुलहरुले पनि दशैंको बिदा दिईसकेका छन् । यस्तै नेपाली सांगीतिक क्षेत्रलाई पनि दशैँ लागिसकेको छ ।
अहिले दशैँसम्बन्धी धेरै गीतहरुको रेकर्ड, म्युजिक भिडियो सुटिङदेखि सार्वजनिक गर्ने क्रम बढेको छ । यस्तैमा बरिष्ठ गीतकार डा.कृष्णहरि बरालको शब्द र चर्चित संगीतकार महेश खड्काको संगीत रहेको दशैँ गीत ‘दशैं आयो’ सार्वजनिक भएको छ । पछिल्लो समयकी लोकप्रिय गायिका अनु चौधरी र गायक हसन राईको सुमुधुर स्वरमा रहेको ‘दशैं आयो’ गीतलाई सुनिल राईको एरेन्ज रहेको छ ।
नेपाली गीत-सङ्गीतको प्रवर्द्धन, भिडियो उत्पादन तथा वितरणका लागि सक्रिय लुङ्गटो क्रियसनको अफिसियल युट्युब च्यानल (Lungto Creation) बाट सार्वजनिक गीतको भिडियोमा कलाकार लक्ष्मी बर्देवा र प्रभातपल ठकुरीको अभिनय रहेको छ ।
गायक हसन राईले यसअघि आफ्नै जिल्लावासी संगीतकार महेश खड्कासँगको सहकार्यमा ‘खोर्सानी खायो मैनाले’ गीत ल्याएका थिए । उनको त्यो बुट्टे झोली, मखमली चोली, आँखैमा लाउनु पर्दैन, पैसा की बैंस, यी आँखालाई लगायत दर्जनौं गीत आइसकेका छन् ।
प्रतिक्रिया