• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

काभ्रे जिल्ला डजबल संघको दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम

काभ्रे जिल्ला डजबल संघको दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम

काभ्रे । नेपालीहरूको महान् पर्व बडा दशैँ-२०८३ को अवसरमा काभ्रे जिल्ला डजबल संघले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

आपसी सद्भाव, एकता, भाइचारा र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बागमती प्रदेश डजबल संघका अध्यक्ष महेन्द्र बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहभागी अतिथि, पदाधिकारी तथा खेलप्रेमीहरूले एकआपसमा दशैँको शुभकामना आदान–प्रदान गर्दै पर्वले आपसी सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास व्यक्त गरे । साथै, डजबल खेलको विकास, विस्तार र प्रवर्द्धनका लागि एकजुट भएर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए ।

कार्यक्रमले खेलकुद क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूबीच आपसी एकता, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ । कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, पदाधिकारी, खेलप्रेमी तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति संघले आभार व्यक्त गरेको छ । कार्यक्रम रामचन्द्र देउजाकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन ३०, शुक्रबार ११:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP