• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

यस वर्षको दसैँमा मौसम कस्तो रहला ?, ठूलो वर्षाको सम्भावना छ ?

यस वर्षको दसैँमा मौसम कस्तो रहला ?, ठूलो वर्षाको सम्भावना छ ?

काठमाडौं । यस वर्षको दसैँमा देशका अधिकांश स्थानमा मौसम अनुकूल रहने देखिएको छ । जल तथा मौसम विज्ञान विभागले दसैँ विशेष मौसमी बुलेटिन जारी गर्दै दसैँ अवधिमा ठूलो वर्षा गराउने मौसमी प्रणालीको सम्भावना कम रहेको जनाएको छ ।

विभागका अनुसार केही स्थानमा छिटपुट वर्षा हुन सक्ने भए पनि समग्रमा मौसम घमाइलो रहने सम्भावना छ । मौसमविद् निष्ठा निरौलाका अनुसार हाल ठूलो मौसमी प्रणाली सक्रिय नरहेकाले दसैँमा ठूलो वर्षा हुने सम्भावना न्यून रहेको छ ।

मनसुन बाहिरिएसँगै नेपालको अधिकांश भूभागको आकाश क्रमशः सफा हुँदै गएको विभागले जनाएको छ । बिहीबार कमजोर मौसमी प्रणालीका कारण केही स्थानमा बदली भए पनि त्यसको प्रभावबाट ठूलो वर्षा हुने सम्भावना नरहेको बताइएको छ । शुक्रबारसम्म पश्चिमी वायुको आंशिक प्रभाव रहेकाे र दसैँलगत्तै पनि ठूलो मौसमी प्रणाली नेपाल प्रवेश गर्ने सम्भावना कम रहेको महाशाखाको आँकलन छ ।

यद्यपि, उच्च हिमाली क्षेत्रमा हल्का हिमपात तथा पहाडी भूभागका एकाध स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना कायमै छ । त्यस्तै, तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने विभागले जनाएको छ ।

दसैँका बेला आफन्तसँग भेटघाट गर्न तथा घुमफिरका लागि लामो दूरीको यात्रा गर्नेको चाप बढ्ने भएकाले मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न महाशाखाले आग्रह गरेको छ । मौसम प्रणाली समयअनुसार परिवर्तन हुन सक्ने भएकाले दसैँ अवधिमा पनि विभागबाट जारी हुने नियमित मौसम पूर्वानुमान तथा सूचनालाई ध्यान दिन आवश्यक रहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ कार्तिक १, शनिबार ०७:१०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP