• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १४ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १४ जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १४ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-२६ गोंगबु मित्रनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय मिलिग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका २४ वर्षीय नबिन श्रेष्ठ र काठमाडौं गोंगबु बस्ने तनहुँ घर भएकी २९ वर्षीया सोनिया श्रेष्ठ रहेकी छिन्। प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्क खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१३ राधाकृष्ण टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१८ बस्ने २७ वर्षीय राजकुमार सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, लम्कीचुहा नगरपालिका-४ कौवापुरस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ ट्याब्लेटसहित सोही ठाउँ बस्ने २५ वर्षीय शंकर बिष्टलाई बुधबार राति प्रहरीले प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा प्रहरीले उनको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ८ ट्याब्लेट फेला पारेको छ ।

यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्रामसहित बिर्तामोड नगरपालिका-४ बस्ने भारत सुपोल त्रिवेणीगंज-१२ घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रूपन्देही, रोहिणी गाउँपालिका-४ सेमरहवाबाट नियन्त्रित लागूऔषध फेनारगन ६० एम्पुल, डाइजेपाम ६० एम्पुल र बुप्रेनोर्फिन ६० एम्पुलसहित नवलपरासी पश्‍चिम रामग्राम नगरपालिका-१६ लालपाटी बस्ने २१ वर्षीय अर्मान चुरिहारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.२३ प ३४१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी रूपन्देही, रोहिणी गाउँपालिका-६ छिपागढबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय एम्पुल, डाइजेपाम १ सय एम्पुल र बुप्रेनोर्फिन १ सय एम्पुलसहित सोही गाउँपालिका-४ बस्ने २६ वर्षीय दिनेश पाण्डेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले युपि ५६ एल ४८६५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३५ वर्षीय बिजय तिवारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय मिलिग्रामसहित बाँके बैजनाथ गाउँपालिका-५ बनकटुवा बस्ने २८ वर्षीय प्रबेश थारूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले बा.७५ प ३६५९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, गौरादह नगरपालिका-१ डिपुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्रामसहित बिर्तामोड नगरपालिका-२ बस्ने ३५ वर्षीय भवानी प्रसाईलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले पाडाजुगीबाट गौरीगंजतर्फ जाँदै गरेको प्र.१-०१-००२ ह ८६३१ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी अटो चालक भवानीलाई पक्राउ गरेको हो ।

यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दिबारी गाउँपालिका-२ बस्ने २३ वर्षीय राजिवकुमार राजवंशी र सोही गाउँपालिका-१ बस्ने ४० वर्षीय शिवप्रसाद गौतम रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.८७ प ३७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो

मोरङ, उर्लाबारी नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित सोही नगरपालिका-७ बस्ने २४ वर्षीय सागर तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

धनकुटा, धनकुटा नगरपालिका-९ बाट अवैध लागूऔषध गाँजा करिब ४३ किलो ९ सय ९० ग्रामसहित शहिदभूमी गाउँपालिका -‍७ बस्ने २२ वर्षीय शुसान राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले त्रिवेणीबाट मुलघाटतर्फ आउँदै गरेको प्रदेश १-०२-०४७ प ६९८१ नम्बरको मोटरसाइकल चालक सुशनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । हाल फरार को.२१ प ९५६५ नम्बरको मोटरसाइकलमा सवार २ जनाको प्रहरीले खोजी गरिगरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १९, बिहीबार १०:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP