• २०८३ जेष्ठ १५ | Fri, 29 May 2026

खानीखोला गाउँपालिका काभ्रेको दशौं पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

खानीखोला गाउँपालिका काभ्रेको दशौं पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

ज्ञानमणि नेपाल कालोटोपी

खानीखोला, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। जेठ १४ गते आयोजित एक कार्यक्रमका बीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।

घोषणासँगै खानीखोला गाउँपालिका जिल्लाका १३ स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने दशौं पालिका बनेको छ।

अब जिल्लाका बनेपा नगरपालिका, धुलिखेल नगरपालिका र बेथानचोक गाउँपालिकाले मात्र घोषणा गर्न बाँकी रहेको जनाइएको छ। जिल्लामा सबैभन्दा पहिले नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको थियो।

कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत पार्थमणि न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्र थापा, गाउँपालिका स्वास्थ्य संयोजक राम पुकार, विभिन्न वडाका वडा अध्यक्षहरू, स्वास्थ्य संस्थाका इन्चार्जहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले बालबालिकालाई नियमित खोप सेवामा पहुँच सुनिश्चित गर्दै खोप अभियानलाई दिगो रूपमा सञ्चालन गर्न सबै सरोकारवालाको निरन्तर सहकार्य आवश्यक रहेको बताए।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाले गाउँपालिकामा खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा बाल स्वास्थ्य सुधारमा महत्वपूर्ण उपलब्धि हासिल भएको जनाइएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १५, शुक्रबार ०५:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP