• २०८३ भाद्र ३ | Wed, 19 Aug 2026

रोजगारी सिर्जनाका लागि धुलिखेल नगरपालिका र चाँगुनारायण फाउन्डेसनबीच सम्झौता

रोजगारी सिर्जनाका लागि धुलिखेल नगरपालिका र चाँगुनारायण फाउन्डेसनबीच सम्झौता

धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिका र भक्तपुरकाे चाँगुनारायण फाउन्डेसनबीच सम्झौता भएकाे छ ।

धुलिखेल नगरपालिकाका विभिन्न क्षेत्रमा तालिम प्राप्त गरेका तथा तालिम लिन उत्प्रेरित, समर्पित प्रशिक्षार्थीहरूलाई सम्बन्धित क्षेत्रका रोजगारदातासँगको सहकार्यमा व्यावसायिक तथा सीपमूलक तालिम र अन-द-जब ट्रेनिङ (OJT) प्रदान गरी स्वदेशमै दिगो रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ भक्तपुरस्थित चाँगुनारायण फाउन्डेसनसँग द्विपक्षीय समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको हाे।

सम्झौताअनुसार तालिम र रोजगारबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउँदै दक्ष जनशक्ति उत्पादन तथा रोजगारीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ ।

सम्झौता कार्यक्रममा धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी तथा चाँगुनारायण फाउन्डेसनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ६, बुधबार १८:१०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP