• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

मेलम्चीमा जलवायु अनुकूल समुदाय तथा विद्यालय निर्माणसम्बन्धी प्रारम्भिक बैठक सम्पन्न

मेलम्चीमा जलवायु अनुकूल समुदाय तथा विद्यालय निर्माणसम्बन्धी प्रारम्भिक बैठक सम्पन्न

सिन्धुपाल्चोक । रिड नेपालद्वारा सञ्चालित ‘उत्थानशील सुरुवातका लागि सुरक्षित पोषण कार्यक्रम’ अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा जलवायु अनुकूल समुदाय तथा विद्यालय निर्माणसम्बन्धी विशेष एकदिने प्रारम्भिक बैठक सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा सम्पन्न बैठकमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक तथा सम्बन्धित सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले बालबालिकाको स्वस्थ शारीरिक तथा मानसिक विकासका लागि पोषणयुक्त खानाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले विद्यार्थीको पोषण अवस्था सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, स्वास्थ्य प्रवर्द्धन तथा विद्यालयको समग्र विकासका क्षेत्रमा रिड नेपालले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो ।

जलवायु परिवर्तनका कारण समुदाय तथा विद्यालयमा विभिन्न किसिमका जोखिमहरू बढ्दै गएको उल्लेख गर्दै नगर प्रमुख तामाङले त्यस्ता जोखिम न्यूनीकरणका लागि स्थानीय सरकार, विद्यालय, समुदाय तथा सम्बन्धित संघसंस्थाबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले विद्यालय र समुदायलाई थप सुरक्षित, सक्षम तथा उत्थानशील बनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।

बैठकमा कार्यक्रमका उद्देश्य, कार्यान्वयन प्रक्रिया, अपेक्षित उपलब्धि तथा कार्यक्रम कार्यान्वयनमा स्थानीय तह, विद्यालय र समुदायको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले बालबालिकाका लागि पोषणयुक्त वातावरण निर्माण, स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि, विद्यालयको शैक्षिक सुधार तथा जलवायु अनुकूल अभ्यासलाई संस्थागत गर्ने विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमले बालबालिकाको पोषण तथा स्वास्थ्य सुधारसँगै जलवायु परिवर्तनबाट उत्पन्न जोखिमसँग जुध्न सक्ने सुरक्षित र उत्थानशील विद्यालय तथा समुदाय निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । बैठकमा नगर उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अनुषा कोइराला, विभिन्न वडाका वडाध्यक्षहरू, विद्यालयका प्रधानाध्यापकहरू तथा अन्य सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २९, शुक्रबार १६:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP