• २०८३ भाद्र २५ | Thu, 10 Sep 2026

काठमाडौंमा ठूलो परिमाणमा अवैध पटका बरामद, बनेपा-१० का सुजन कपाली पक्राउ

काठमाडौंमा ठूलो परिमाणमा अवैध पटका बरामद, बनेपा-१० का सुजन कपाली पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले अवैध रूपमा लुकाईछिपाई राखिएको ठूलो परिमाणको विस्फोटक पदार्थ (पटका) सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–१८, भुरूङखेलस्थित एक घरमा अवैध रूपमा पटका लुकाईछिपाई बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० घर भई काठमाडौं महानगरपालिका–१८ मा बस्दै आएका ३६ वर्षीय सुजन कपालीको कोठाबाट विभिन्न नाम र ब्रान्डका ठूलो परिमाणमा पटका बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद भएका पटाका तथा अन्य विस्फोटक पदार्थको यकिन विवरण तथा परिमाण सम्बन्धमा प्रहरीले थप अनुसन्धान तथा परीक्षण गरिरहेको जनाएको छ । पक्राउ परेका कपालीलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले चाडपर्वका समयमा पटाका तथा अन्य विस्फोटक पदार्थको अवैध कारोबार र प्रयोगबाट दुर्घटना तथा मानवीय क्षति हुन सक्ने भएकाले त्यस्ता गतिविधिविरुद्ध निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २४, बुधबार ०८:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP