• २०८३ भाद्र २५ | Thu, 10 Sep 2026

बनेपामा ‘बालबालिकासँग जनप्रतिनिधि’ कार्यक्रम, बालबालिकाले जनप्रतिनिधिसँग राखे जिज्ञासा

बनेपामा ‘बालबालिकासँग जनप्रतिनिधि’ कार्यक्रम, बालबालिकाले जनप्रतिनिधिसँग राखे जिज्ञासा

बनेपा । ६२औँ राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा बनेपामा ‘बालबालिकासँग जनप्रतिनिधि’ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बनेपा नगरपालिकाको सहयोग तथा बनेपा नगर बाल सञ्जालको आयोजनामा बिहीबार बालबालिकाको हक, अधिकार, समस्या तथा जिज्ञासाका विषयमा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, विभिन्न वडाका वडाध्यक्षहरू, विभिन्न विद्यालयका विद्यार्थी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

अन्तरक्रियाका क्रममा बालबालिकाले शिक्षा, बालअधिकार, विद्यालय तथा समुदायमा भोग्नुपरेका समस्या र आफ्ना जिज्ञासाहरू जनप्रतिनिधिसमक्ष खुलेर राखेका थिए । बालबालिकाले उठाएका सवाल तथा जिज्ञासामाथि जनप्रतिनिधिहरूले जवाफ दिँदै उनीहरूका अधिकार र आवश्यकतालाई स्थानीय तहले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमले बालबालिकालाई आफ्ना समस्या, आवश्यकता र विचार जनप्रतिनिधिसमक्ष प्रत्यक्ष रूपमा राख्ने अवसर प्रदान गर्नुका साथै स्थानीय तहको नीति तथा कार्यक्रममा बालबालिकाको सहभागिता र आवाजलाई समेट्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।बालबालिकाको हक, अधिकारको संरक्षण, उनीहरूको सहभागिता तथा नेतृत्व विकासका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समेत सहभागीहरूले जोड दिएका थिए ।

६२औँ राष्ट्रिय बाल दिवस–२०८३ भदौ २९ गते मनाइँदैछ । दिवसको अवसरमा बालबालिकाको अधिकार, सुरक्षा, शिक्षा र सहभागिताका विषयमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २५, बिहीबार १९:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP