• २०८३ कार्तिक ११ | Tue, 27 Oct 2026

यस वर्ष जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोड बराबरको कारोबार

यस वर्ष जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोड बराबरको कारोबार

सिँजा (जुम्ला) । जुम्लाबाट करिब ७ हजार बढी मेट्रिक टन स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउ हालसम्म करिब ७ हजार ३३० मेट्रिक टन बाहिरी जिल्लामा गएको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले यसकाे जानकारी दिनुभएकाे हाे ।

जिल्लाभर कुल उत्पादन र निर्यात भएको एकिन तथ्याङ्क संकलन भइरहेको छ । गत वर्षभन्दा यो वर्ष स्याउ उत्पादन केही घटेको अनुमान गरिएको छ । जिल्लामा १९ हजार पाँचसय मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । हालसम्म करिब ७ हजार ३३० मेट्रिक टन निर्यात भएको छ ।

प्रतिकेजी न्युनतम ७५ रुपियाँमा बगैंचाबाट किसानले विक्री गरेका छन् । जसबाट ५५ करोड बराबरको स्याउ जिल्लाबाट निर्यात भएको कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा ७ हजार १४० रोपनी क्षेत्रफलमा भएको सामूहिक स्याउ खेतीबाट ३४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । जसबाट मात्र ३० लाख बराबरको स्याउ बिक्री भएको अधिकारीको भनाइ छ ।

जुम्लामा झण्डै चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउ खेती हुने गरेको छ । चालु आवमा झण्डै १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी थप क्षेत्रफलमा स्याउ खेती विस्तार गरिने लक्ष्य कार्यालयले लिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

जिल्लामा उच्च घनत्व जातको फुजी स्याउको खेती अहिले ५२ हेक्टर क्षेत्रफलमा हुने गरेको छ । यस वर्ष ४९ हेक्टरमा उच्च घनत्वको स्याउ फलेको कृषि कार्यालयले जनाएको छ । जुम्लामा रेडडेलिसेस, रोयलडेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन, स्पोरलगायत स्थानीय विभिन्न जातका स्याउ फल्छन् । उच्च घनत्वका गाला र फुजी स्याउको पनि उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

केही स्याउ व्यापारीले कोल्ड स्टोरका साथै घरमा पनि राखिएकाले निर्यात र रकम बढ्न सक्ने अनुमान गरिएको छ । कार्यालयले यहाँका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेको जनाएको छ । यो वर्ष भारतबाट आउने स्याउ नेपालमा बन्द भएपछि जुम्लाको स्याउले बजार राम्रो पाएको छ । जिल्लाबाट एक हजार पाँचसय कार्टुन स्याउ खरिद गरी नेपालगञ्जमा विक्री गरेको हिमा गाउँपालिकाका स्थानीय स्याउ व्यापारी माया रोकायाले जानकारी दिनुभयो।गोरखापत्रबाट



कालोटोपी कालोटोपी    
  • २०८३ कार्तिक ८, शनिबार ०६:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP