• २०८३ भाद्र ५ | Fri, 21 Aug 2026

राजनीतिक भागबन्डा मिलेसँगै निस्कियो सर्टलिस्ट

राजनीतिक भागबन्डा मिलेसँगै निस्कियो सर्टलिस्ट

लामो समयदेखि रिक्त रहेका चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ ।

हरेक प्रतिष्ठानका लागि १० भन्दा बढी आवेदन परे पनि मन्त्रालयले ६/६ जनाको नाम समावेश गरी सूची सार्वजनिक गरेको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सत्ता साझेदार दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भागबन्डा टुंगिएपछि मात्र सर्टलिस्ट सार्वजनिक गरिएको हो । सत्तारूढ नेकपा एमालेले पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान आफ्नो भागमा पारेको छ भने नेपाली कांग्रेसको भागमा बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परेको छ ।

स्रोतका अनुसार पाटन प्रतिष्ठानमा उपकुलपतिका लागि प्रा.डा. बुद्धिप्रसाद पौडेलको नाममा सहमति जुट्न लागेको बुझिएको छ । उनको प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरूमा प्रा.डा. गेहनाथ बराल, डा. दीपक थापा मगर, प्रा.डा. पवनकुमार शर्मा, प्रा.डा. विष्णुप्रसाद शर्मा र प्रा.डा. सृजना श्रेष्ठ छन् ।

एमालेकै भागमा परेको पोखरा प्रतिष्ठानमा भने एमाले नेतामाझ नै उम्मेदवार छान्ने रस्साकस्सी देखिएको छ । पार्टीनिकट चिकित्सकहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रा.डा. चण्डिका पण्डित वा प्रा.डा. भरतबहादुर खत्रीमध्ये एक जनालाई उपकुलपति बनाउन प्रस्ताव गरेका छन् ।

तर, पूर्वस्वास्थ्य मन्त्री तथा गण्डकी प्रदेशका प्रभावशाली नेता खगराज अधिकारी भने प्रा.डा. विधानिधि पौडेलको पक्षमा सक्रिय देखिएका छन् ।
अन्य प्रतिस्पर्धीमा प्रा.डा. नारायणसिंह गुरुङ, प्रा.डा. अर्जुन आचार्य र प्रा.डा. माया लामा छन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति चयन प्रक्रिया भने थप जटिल बनेको छ । एमालेले समर्थन गरेका भनिएका प्रा.डा. सञ्जीव शर्मा सर्टलिस्टमै नपरेपछि प्रतिष्ठान कांग्रेसकै भागमा पुगेको संकेत देखिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला बीपी कोइराला प्रतिष्ठानको उपकुलपति आफ्नै दलको सिफारिसमा हुनुपर्ने पक्षमा छन् । उनीहरूका लागि बीपी कोइराला प्रतिष्ठान छाड्नु राजनीतिक रूपमा स्वीकार्य नभएको स्रोतले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १२, बिहीबार ०८:३४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP