• २०८३ भाद्र २६ | Fri, 11 Sep 2026

बेथानचाेकमै फल्न थाल्याे उच्च प्रजातिकाे स्याउ (भिडियाे)

बेथानचाेकमै फल्न थाल्याे उच्च प्रजातिकाे स्याउ (भिडियाे)

बेथानचाेक । कुनै समय स्याउ फलेकाे हेर्न हिमाली जिल्लाहरु पुग्नुपर्ने अवस्था थियाे । तर अहिले त्यस्ताे छैन ।

भारतकाे हिमाञ्चल प्रदेशमा फल्ने उच्च प्रजातिकाे स्याउ अब काभ्रेकाे बेथानचाेकमै उत्पादन शुरु भएकाे छ । केही वर्षदेखि यहाँका किसानहरुले राेपेकाे स्याउका बाेटहरुले अहिले उत्पादन दिन थालिसकेका छन् ।

यहाँका स्याउ उत्कृष्ट स्वादकाे रहेकाे छ । यहाँ उत्पादित स्याउकाे बजारका लागि समस्या छैन । भर्खरै मात्र पालिकाले काेशेलीघर सञ्चालनमा ल्याएकाे छ । यहाँबाट स्याउ विक्री भइरहेकाे पालिकाले जनाएकाे छ ।

साेमबार जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चाेकबाट बेथानचोक गाउँपालिका वडा नं २ को स्याउ बगानकाे अवलाेकन गरिएकाे थियाे । कार्यालय प्रमुख कुलप्रसाद दवाडीसहितकाे टाेलीले यहाँ अवलाेकन गरेकाे हाे ।

याे समाचार हामीले जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चाेककाे सहयाेगमा तयार पारेका हाैं ।

 

 



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १६, सोमबार १५:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP