• २०८३ भाद्र २८ | Sun, 13 Sep 2026

बनेपाबाट ७ सय ३० राउण्ड गोलीसहित ७ जना पक्राउ

बनेपाबाट ७ सय ३० राउण्ड गोलीसहित ७ जना पक्राउ

काभ्रे । काभ्रे प्रहरीले बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ७ जनालाई पक्राउ गरेकाे छ।

भदाै २८ र २९ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएर गएका प्रहरी अधिकृतसहितको टोलीले खोजतलास गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नम्बर ९ का २६ वर्षीय सिजन सुवाल, साेही वडाका २८ वर्षीय सुवास गौतम, बनेपा ९ कै ३४ वर्षका अछुत खड्का, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो रहेका छन् ।

यस्तै तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र रामेछापकाे उमाकुण्ड–४ का २३ वर्षीय प्रविन कार्कीलाई शनिबार काभ्रे जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

फाइल फाेटाे



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २९, आईतवार १०:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP