• २०८३ भाद्र २६ | Fri, 11 Sep 2026

बीउ आलु कसरी तयार गर्ने ?

बीउ आलु कसरी तयार गर्ने ?

धुलिखेल । अहिले आलु राेप्ने सिजन हाे । यसका लागि बीउ कसरी तयार गर्ने भन्ने किसानहरुमा जानकारीकाे आवश्यक पर्छ ।

जिल्ला कृषि विकास कार्यालय काभ्रेले यसका लागि केही सुझावहरु दिएकाे छ । जसमा शीत भण्डारबाट बीउ आलु २०‍-३० दिन अगावै निकाल्नु पर्ने, बाहिरी तापक्रमसँग मिलाउन बोरा खोली छायाँमा बीउ आलुलाई फिजाउने र सडेगलेका हटाउने सुझाव दिइएकाे छ ।

यस्तै बीउ फिजाउँदा पसिना आउने हुनाले टाढा लैजाँदा पसिना सुकेर ओभानो भइसकेपछि मात्र लैजानु पर्ने र बीउ रोप्ने स्थान शीत भण्डार नजिकै भएको खण्डमा घरैमा उक्त कार्य गर्न सकिने कार्यालयले जनाएकाे छ ।

साथै आयातित आलु बीउको रुपमा प्रयोग भइरहेकाले सम्पूर्ण कृषकहरुलाई स्रोत यकिन नभएका आलु बीउको रुपमा प्रयोग नगर्न पनि कार्यालयकाे अनुरोध छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २९, बुधबार ०३:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP