• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026

नेप्से परिसूचक १११.७० अंकले बढ्याे, कति भयाे काराेबार ?

नेप्से परिसूचक १११.७० अंकले बढ्याे, कति भयाे काराेबार ?

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज शेयर बजार नेप्से परिसूचक १११.७० अंकले बढेर २ हजार ६२३.६२ को विन्दुमा कायम भएको छ।

नेप्सेमा आज ३२९ कम्पनीको २ करोड ३२ लाख २२४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १७ करोडमाथिको कारोबार भएको छ । जेनजी आन्दोलनपछि बन्द भएको शेयर बजार गत साता बिहीबार खुल्दा नेप्सेमा ६ प्रतिशतले गिरावट आएको थियो । तर आजको कारोबारमा उल्लेख्य बृद्धि भएकाे छ ।

नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ८३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको ४८ करोड २६ लाख रुपैयाँ र गार्डियन माइक्रो लाइफको ३० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ९ कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । जसमा सिन्धु विकास बैंक, भुगोल इनर्जी, गुडविल फाइनान्स, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, बलेफी हाइड्रोपावर र हिमाल दोलखाका लगानीकर्ता रहेका छन् ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले आज सर्वाधिक ७.६४ प्रतिशतका दरले गुमाएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ५, आईतवार १५:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP