• २०८३ असार ३२ | Thu, 16 Jul 2026

आजकाे माैसमः सबैजसाे प्रदेशमा वर्षाकाे सम्भावना

आजकाे माैसमः सबैजसाे प्रदेशमा वर्षाकाे सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वीभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । जसले गर्दा हाल देशभर साधारणतया बादल लागेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानहरू, मधेस प्रदेशलगायत बागमती, गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका एक–दुई स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भागमा तातो दिन तथा तराई भागमा तातो लहर चल्ने सम्भावना छ । मधेस र कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

राति कोशी प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। पश्चिम नेपालका कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ लगायतका जिल्लामा तातो लहर (लु) चल्ने सम्भावना रहेकाले सतर्क रहनसमेत महाशाखाले आग्रह गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १०, आईतवार ०६:३२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP