• २०८३ श्रावण १० | Sun, 26 Jul 2026

४४औँ विपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस काभ्रेद्वारा जरा अभियानको समापन हुँदै

४४औँ विपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस काभ्रेद्वारा जरा अभियानको समापन हुँदै

बनेपा । ४४औँ विपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको आयोजनामा ‘जरा अभियान’ को समापन कार्यक्रम आयोजना हुने भएको छ ।

कार्यक्रम २०८३ साल साउन ६ गते बिहान ११:०० बजे नेपाली कांग्रेस पार्टी कार्यालय, बनेपामा हुने आयोजकले जनाएको छ ।

नेपाली कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शका प्रवर्तक तथा जननायक विपी कोइरालाको स्मृतिमा सञ्चालन गरिएको जरा अभियानको समापन उक्त कार्यक्रममा गर्ने जनाएको छ ।

कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ । आयोजकले समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सबैमा अनुरोध गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ४, सोमबार २१:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP