• २०८३ श्रावण १० | Sun, 26 Jul 2026

रोशी गाउँपालिकामा आइतबार निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रोशी गाउँपालिकामा आइतबार निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

काभ्रेपलाञ्चोक । ग्रेस नेपालको आयोजना तथा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, दुवाकोट, भक्तपुरको प्राविधिक सहयोगमा रोशी गाउँपालिका–१, राजवासस्थित श्री बिन्ध्यबासिनी माध्यमिक विद्यालयमा श्रावण १० गते आइतबार बिहान ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म एकदिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

आयोजकका अनुसार शिविरमा जनरल मेडिसिन, महिला तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, नाक–कान–घाँटी (ईएनटी), आँखा तथा दन्तरोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिनेछ ।

साथै ईसीजी, भिडियो एक्स–रे, रक्त परीक्षण, रगतमा सुगर, युरिया, युरिक एसिड, रक्त समूह परीक्षण तथा गर्भ परीक्षणसमेत निःशुल्क गरिने व्यवस्था मिलाइएको छ । कार्यक्रमकाे संयाेजन राेशी गाउँपालिका वडानम्बर ९ ले गरेकाे छ ।

स्वास्थ्य सेवा सहजरूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन हुन लागेको यस शिविरबाट रोशी गाउँपालिका तथा आसपासका सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ ।

आयोजकले स्थानीय बासिन्दालाई तोकिएको समयमै स्वास्थ्य शिविरमा उपस्थित भई निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवाको लाभ लिन आग्रह गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ९, शनिबार ०६:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP