• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

कांग्रेस महाधिवेशनको मतगणना: उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता

कांग्रेस महाधिवेशनको मतगणना: उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका छन् । ३ हजार ४३५ मत गणना हुँदा उपसभापति (खुला) तर्फ डा. भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छन् । त्यस्तै, महामन्त्री (खुला) तर्फ पौडेलले २ हजार ५५ मत प्राप्त गरेका छन् ।

प्राप्त मतपरिणाम अनुसार उपसभापति (खुला) तर्फ ई. मधु आचार्यले १ हजार ९० मत प्राप्त गरेका छन् भने सुरेन्द्रराज पाण्डेले ९५५ र गोविन्द भट्टराईले ९४१ मत प्राप्त गरेका छन् । धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र प्रा. डा. चन्द्रमोहन यादवले २९९ मत पाएका छन् । त्यसैगरी, उपसभापति (समावेशी) तर्फ बिनोदकुमार चौधरीले ८९६ मत प्राप्त गरेका छन् । जीवन परियारले ८२९, फरमुल्लाह मंसुरले ४६९, रंजीत कर्णले २७० र सीता गुरुङले २५१ मत प्राप्त गरेका छन् ।

महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलपछि उदयशमशेर राणाले १ हजार १५९ मत प्राप्त गरेका छन् । डा. सुनिलकुमार शर्माले ९३४, अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत प्राप्त गरेका छन् । महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले १ हजार ५१७ मत प्राप्त गर्दै अग्रता लिएकी छन् । महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ३९८ र रिता खनालले ३६५ मत प्राप्त गरेकी छन् ।

पदअनुसार उम्मेदवारले प्राप्त गरेको मत
१. केन्द्रीय उपसभापति (खुला)
१. डा. चन्द्रकान्त भण्डारी-१,६८६
२. ई. मधु आचार्य-१,०९०
३. सुरेन्द्रराज पाण्डे-९५५
४. गोविन्द भट्टराई-९४१
५. धनराज गुरुङ-७१९
६. दीपक गिरी-४९७
७. प्रा. डा. चन्द्रमोहन यादव-२९९

२. केन्द्रीय उपसभापति (समावेशी)
१. बिनोद कुमार चौधरी-८९६
२. जीवन परियार-८२९
३. फरमुल्लाह मंसुर-४६९
४. रंजीत कर्ण-२७०
५. सीता गुरुङ-२५१

३. केन्द्रीय महामन्त्री (खुला)
१. प्रदीप पौडेल-२,०५५
२. उदयशमशेर राणा-१,१५९
३. डा. सुनिलकुमार शर्मा-९३४
४. अमरसिंह पुन मगर-८१९
५. गुरुराज घिमिरे-६७८
६. नैनसिंह महर-४२८
७. शंकर तिवारी-८२
८. डा. सन्तोष उपाध्याय-४९

४. केन्द्रीय महामन्त्री (महिला)
१. डा. डिला संग्रौला (पन्त)-१,५१७
२. महालक्ष्मी उपाध्याय (डिना)-१,३९८
३. रिता खनाल-३६५
उल्लेखित मतपरिणाम गणना भएको मतको विवरणमा आधारित छ । यो प्रारम्भिक मतपरिणाम भएकाले अन्तिम नतिजा भने सम्बन्धित निर्वाचन समितिको आधिकारिक घोषणापछि मात्र निश्चित हुनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन २५, आईतवार १६:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP