सिन्धुपाल्चोक । विजयादशमी, दीपावली तथा छठ पर्व २०८३ को पावन अवसरमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा आयोजित पालिकास्तरीय खुला फुटबल प्रतियोगिता–२०८३ को समापन समारोह कार्तिक ८ गते हुने भएको छ ।
हेलम्बु गाउँपालिका–४, चिलाउनेघारीमा आयोजना हुने समापन समारोहमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजक देवीथान युवा क्लबले जनाएको छ ।
समापन समारोहमा गायक प्रदीप रोका तथा गायिकाद्वय स्मृति गौतम र जीतु लोप्चनको सांगीतिक प्रस्तुति रहने पोस्टरमा उल्लेख छ। फुटबल प्रतियोगिताको समापनसँगै सांगीतिक कार्यक्रमसमेत आयोजना गरिने भएकाले स्थानीय खेलप्रेमी तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।
‘स्वास्थ्य, अनुशासन, एकता र खेलकुद हाम्रो पहिचान’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकास, युवाको प्रतिभा पहिचान तथा आपसी सद्भाव अभिवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया