काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै घटेकाे छ । दशैँपछिकाे पहिलाे काराेबार दिन आज सुन प्रतितोला ११ हजार ७०० रूपैंयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताकाे साेमबार २ लाख ९० हजार २०० रूपैंयाँमा काराेबार भएकाे सुन आज प्रतिताेला २ लाख ७८ हजार ५०० रूपैंयाँ कायम भएकाे छ ।
यता आज चाँदीकाे मूल्य पनि घटेकाे छ । २३० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ३ हजार ९५५ रुपैंयाँ कायम भएको छ ।
गत वर्ष माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया