चौरीदेउराली, काभ्रे । राष्ट्रिय कोदो दिवस, २०८३ को अवसरमा शनिबार काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकामा कोदो रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ ।
कृषि विकास कार्यालय काभ्रेपलाञ्चोक, चौरीदेउराली गाउँपालिका, खाद्यका लागि कृषि अभियान तथा कृषि पत्रकार प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम चौरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चौलागाईंको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा कोदो खेतीको संरक्षण, प्रवर्द्धन तथा पोषण सुरक्षामा यसको महत्वबारे जानकारी आदानप्रदान गरिएको थियो ।
कार्यक्रमको स्थलगत व्यवस्थापन चौरीदेउराली गाउँपालिका–५ स्थित श्री घुर्मुसे बीउ उत्पादन कृषक समूहले गरेको आयोजकले जनाएको छ।
राष्ट्रिय कोदो दिवसका अवसरमा आयोजित यस्ता कार्यक्रमले रैथाने बालीको संरक्षण, किसानलाई कोदो खेतीतर्फ आकर्षित गर्ने तथा उत्पादन वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
प्रतिक्रिया