काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकामा गोलभेडामा लाग्ने क्वारेन्टाइन शत्रुजीव Tomato Brown Rugose Fruit Virus (ToBRFV) को सम्भावित संक्रमणबारे स्थलगत अनुगमन गरिएको छ । कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकको अनुरोधअनुसार राष्ट्रिय प्लान्ट क्वारेन्टाइन तथा बायोसेक्युरिटी केन्द्र र अन्तर्राष्ट्रिय संस्था CABI को संयुक्त टोलीले सम्भावित क्वारेन्टाइन शत्रुजीवको प्रवेश तथा संक्रमणको अवस्था यकिन गर्ने उद्देश्यले स्थलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा कृषि विकास कार्यालय, काभ्रेका प्रतिनिधि, धुलिखेल नगरपालिकाको कृषि शाखाका प्रतिनिधि तथा प्रभावित कृषकहरूको सहभागिता रहेको थियो । गोलभेडामा देखिएको सम्भावित संक्रमणको अवस्था पहिचान गरी आवश्यक नियन्त्रण तथा व्यवस्थापनका उपाय अवलम्बन गर्ने उद्देश्यले अनुगमन गरिएको जनाइएको छ ।
के हाे घातक भाइरस ?
ToBRFV गोलभेडा तथा खुर्सानी बालीमा असर पार्न सक्ने भाइरस हो । यसले बोटको वृद्धि, फलको गुणस्तर र उत्पादनमा नकारात्मक असर पार्न सक्छ । त्यसैले यसको सम्भावित संक्रमण देखिएका क्षेत्रमा समयमै पहिचान, नमुना संकलन र प्रयोगशाला परीक्षण गर्नु महत्वपूर्ण मानिन्छ ।
सम्बन्धित निकायका अनुसार सम्भावित क्वारेन्टाइन शत्रुजीवको संक्रमण पुष्टि भएमा प्रभावित क्षेत्रलाई क्वारेन्टाइन शत्रुजीव प्रभावित क्षेत्र घोषणा गर्न संघीय कृषि मन्त्रालयमा सिफारिस गर्न सकिने कानुनी व्यवस्था छ । साथै, प्रभावित क्षेत्रमा शत्रुजीवको नियन्त्रण तथा थप फैलावट रोक्न राष्ट्रिय प्लान्ट क्वारेन्टाइन तथा बायोसेक्युरिटी केन्द्रले आवश्यक उपाय अवलम्बन गर्न सक्छ ।
कृषि बालीमा देखिने यस्ता रोग तथा शत्रुजीवबाट उत्पन्न जैविक सुरक्षा जोखिम न्यूनीकरण गर्न जिल्ला तथा स्थानीय तहका सम्बन्धित निकायको सक्रिय भूमिका आवश्यक हुन्छ । रोगको नमुना संकलन, प्रयोगशाला परीक्षण, नियमित अभिलेखीकरण, प्रभावित क्षेत्रको पहिचान र उचित व्यवस्थापनले रोगको सम्भावित फैलावट रोक्न सहयोग पुर्याउँछ ।
गोलभेडा उत्पादनमा संलग्न कृषकहरूले बालीमा असामान्य लक्षण देखिएमा सम्बन्धित कृषि प्राविधिक वा कृषि कार्यालयलाई जानकारी गराउनु आवश्यक छ । प्रयोगशाला परीक्षणबाट संक्रमण पुष्टि नभएसम्म रोगको अवस्था र फैलावटबारे निष्कर्ष निकाल्न नसकिने भएकाले फैलावट रोक्न सहयोग पुर्याउँछ ।
गोलभेडा उत्पादनमा संलग्न कृषकहरूले बालीमा असामान्य लक्षण देखिएमा सम्बन्धित कृषि प्राविधिक वा कृषि कार्यालयलाई जानकारी गराउनु आवश्यक छ । प्रयोगशाला परीक्षणबाट संक्रमण पुष्टि नभएसम्म रोगको अवस्था र फैलावटबारे निष्कर्ष निकाल्न नसकिने भएकाले आधिकारिक परीक्षण प्रतिवेदनका आधारमा थप कदम चाल्नु महत्वपूर्ण हुनेछ ।
प्रतिक्रिया