• २०८३ भाद्र २६ | Fri, 11 Sep 2026

यस वर्ष पनि धानबालीमा कालोपोके रोगकाे समस्या

यस वर्ष पनि धानबालीमा कालोपोके रोगकाे समस्या

काभ्रे । यस वर्ष पनि धानबालीमा कालोपोके रोगकाे समस्या देखिन थालेकाे जिल्ला कृषि विकास कार्यालय काभ्रेले जनाएकाे छ ।

हाल हाइब्रिड धान रोपिएका धेरै स्थानहरुमा यो रोग देखा परेको हाे। कालोपोके मानव तथा पशु स्वास्थ्यका लागि पनि विषाक्त रहेकाले धान काट्दा कालोपोके जम्मा पारेर जलाइदिनुहुन कार्यालयले अनुरोध गरेकाे छ।

धानको बाला पसाउन लागेको स्थानहरुमा ट्राइकोडर्मा वा प्रोपिकोनाजोल विषादी १ मिलिलिटर प्रतिलिटर पानीको दरले प्रयोग गर्न कार्यालयले किसानहरुलाई सल्लाह दिएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १, बुधबार ००:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP