• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026

रुकुम पश्चिम‍मा जीप दुर्घटना, कम्तीमा पाँच जनाको मृत्यु

रुकुम पश्चिम‍मा जीप दुर्घटना, कम्तीमा पाँच जनाको मृत्यु

दाङ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप आज दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

खलंगाबाट करिब ३५ किलोमिटर टाढा बाँफीकोट गाउँपालिका–७ लिस्ने भीरमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएअनुसार रा १ ज ४२२ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हाे । प्रहरीका अनुसार हालसम्म पाँच जनाको मृत्यु पुष्टि भएको छ।

मृतकको पहिचान खुल्न बाँकी छ। जीपमा कति जना सवार थिए भन्ने खुलेको छैन।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ७, शुक्रबार १३:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP