• २०८३ भाद्र २५ | Thu, 10 Sep 2026

के हाे ‘फिल्ड जीन बैंक’, के हुन्छ यसमा ?

के हाे ‘फिल्ड जीन बैंक’, के हुन्छ यसमा ?

धुलिखेल । बैंक भन्ने बित्तिकै हामी पैसा राख्‍ने र झिक्ने वित्तीय संस्था भनेर चिन्छौं तर कृषि क्षेत्रका पनि आफ्नै बैंकहरु हुन्छन् , जसले जैविक विविधता संरक्षण गर्न मद्दत गर्दछन् ।

फिल्ड जीन बैंक यस्तै बैंक हो। बीउ उत्पादन हुन नसक्ने तथा बीउ उत्पादन भए पनि सुकाएर संरक्षण गर्न नसकिने र वानस्पतिक अंगबाट प्रसार हुने बालीहरुका स्याहार सम्भार गरि संरक्षणको लागि धेरै थरिका यस्ता बालीहरु लगाइएको क्षेत्रलाई फिल्ड जीन बैंक भनिन्छ।

कृषि जैविक विविधता संरक्षणका विभिन्न तरीका मध्ये यो एक परस्थानीय संरक्षण (Ex-situ conservation) तरिका हो ।

फोटो बागवानी विकास केन्द्र पाँचखालमा स्थापना भएको बेसारको फिल्ड जिन बैंककाे हो । यहाँ १०० भन्दा बढी बेसारका एक्सेसनहरु संरक्षण गरिएका छन्। कसैले यस्तै संरक्षणको कामहरु गर्दै हुनुहुन्छ भने जिल्ला कृषि विकास कार्यालय धुलिखेल काभ्रेलाई खबर गरेमा त्यहाँबाट अभिलेखीकरणमा सहजीकरण गरिने कार्यालयले जनाएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २०, बिहीबार १५:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP