• २०८३ कार्तिक ११ | Tue, 27 Oct 2026

कारमा लुकाएर ल्याइएको १४ किलो चाँदीजस्तो धातुसहित मकवानपुरबाट चार जना पक्राउ

कारमा लुकाएर ल्याइएको १४ किलो चाँदीजस्तो धातुसहित मकवानपुरबाट चार जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकबाट कारको फल्स बटममा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने धातुसहित चार जना पक्राउ परेका छन् ।

कात्तिक ८ गते दिउँसो करिब ३:१५ बजे भारतको रक्सोलबाट काठमाडौं जाँदै गरेको बा २ च ७०७९ नम्बरको कारलाई प्रहरी चौकी रातोमाटेबाट प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहको कमाण्डमा खटिएको टोलीले रोकेर चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा कारका चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा चाँदीजस्तो देखिने धातु फेला परेको प्रहरीले जनाएको छ। बरामद धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको छ । घटनामा संलग्न रहेको आशंकामा कारमा सवार चारै जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।

पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी करिब ४२ वर्षीया श्रीमती चन्दा देवी सोनार, चालकका १७ वर्षीय छोरा र चालककी करिब २० वर्षीया भान्जी नन्दनी कुमारी साह रहेका छन् । बरामद धातु चाँदी नै हो वा अन्य कुनै धातु हो भन्ने विषयमा अनुसन्धानबाट थप तथ्य खुल्ने अपेक्षा गरिएको छ। बरामद धातुको वास्तविक प्रकृति तथा घटनासँग सम्बन्धित अन्य विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ कार्तिक १०, सोमबार ०६:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP